images
images

बुढानिलकण्ठमा घरभाडामा लिएर २ अर्व रुपैयाँ बराबरको अबैध अनलाईन जुवा खेलाइरहेका भारतिय समुह प्रहरीको फन्दामा

बुढानिलकण्ठमा घरभाडामा लिएर २ अर्व रुपैयाँ बराबरको अबैध अनलाईन जुवा खेलाइरहेका भारतिय समुह प्रहरीको फन्दामा

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    बुढानिलकण्ठमा घरभाडामा लिएर २ अर्व रुपैयाँ बराबरको अबैध अनलाईन जुवा खेलाइरहेका भारतिय समुह प्रहरीको फन्दामा
    images
    images
    जिल्ला प्रहरी परिसर, काठमाडौंले  २ अर्व भन्दा बढी रकम बराबरको अबैध अनलाईन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने कार्यमा संलग्न ४ जना भारतीय नागरिकहरु पक्राउ गरेको जनाएको छ । 
     
    जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा नं. २ तौलुङस्थित घर भाडामा लिई विभिन्न अवैध अनलाईन गेमिङ वेवसाईटहरुको प्रयोग गर्दै अनलाइन जुवा (सट्टाबाजी) खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा यस कार्यालय तथा मातहत प्रहरी वृत महाराजगंज र प्रहरी प्रभाग बुढानिलकण्ठ समेतबाट उक्त स्थानमा खटिएको प्रहरी टोलीले हिजो साँझ पक्राउ गरेको हो । 
     
    ४ जना भारतीय नागरिकहरूलाई अनलाईन जुवा (सट्टाबाजी) खेलाईरहेको अवस्थामा दशीका सामानहरू सहित नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा  उनीहरुले २ अर्व बढी नेपाली रुपैँया बराबरको कारोबार हुनेगरी अबैध अनलाईन जुवा (सट्टाबाजी) खेल्ने खेलाउने कार्य गरेको देखिएको जनाएको छ । 
     
    काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
     
     
    यी हुन् पक्राउ प्रतिवादीहरूः
    १. भारत देश उत्तर प्रदेश गोरखपुर जिल्ला स्थायी घर भई हाल का.जि. बु.न.पा. २ बस्ने वर्ष २२ को आरिफ हुसेन ।
     
    २. भारत देश उत्तर प्रदेश फत्तेपुर जिल्ला स्थायी घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ४२ को अब्दुल कलाम ।
     
    ३. भारत देश उत्तर प्रदेश गोरखपुर जिल्ला स्थायी घर भई हाल ऐ.ऐ. बस्ने वर्ष २५ को अविसेक मदेसिया।
     
    ४. भारत देश उत्तर प्रदेश फत्तेपुर जिल्ला स्थायी घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ४० को ईरफान पठान ।
     
    बरामद गरिएका सामान 
     
    १. बिभिन्न कम्पनीका ल्यापटप थान – १२ (बाह्र)।
    २. बिभिन्न कम्पनीका मोबाईल थान – १२ (बाह्र) ।
    ३. हिसाब गर्न प्रयोग गरिएको क्याल्कुलेटर – ७ (थान) ।
    ४. हिसाब किताबको अभिलेख राखिएको लुज पाना १३३ र डायरी ३ (थान) ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार