ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजनामा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसीपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको टुङ्गो लागेको छ ।
आयोजकले छनोट चरण, समूह चरण र प्लेअफ खेलाएर अन्तिम चरणमा खेल्ने टिमको टुङ्गो लगाएको हो ।
जसअनुसार पब्जी मोइबलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छानिएका हुन् । यस्तै मोबाइल लेजेण्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी भ्यालोरेन्ट र डोटा टु मा ३–३ टिम अन्तिम चरणमा छनोट भएका छन् । इ फुटबलमा अन्तिम चरणमा १६ खेलाडी छनोट भएका छन् ।
पब्जीमा अन्तिम चरणमा छनोट भएका १६ टिममा लियो इस्पोट्र्स, डिबरएस गेमिङ, रोएल गुर्खाज इस्पोट्र्स, टि टु के इस्पोट्र्स, रोएल ड्रागन इस्पोर्टस, हइन इस्पोट्र्स, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ इस्पोट्र्स, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाई इस्पोट्र्स, नेप्क्स, जुट्टी स्क्वाड, फ्युचर एलिएन्स रहेका छन् ।
डोटा टुमा छनोट भएका टिममा किर्तिपुर, स्नेक हारु, एभेन्जर्स छन् ।
भालोरेन्टमा छनोट भएका टिममा नो टक ओनली किल, अरकान, काल्म डाउनले छन् ।
मोबाइल लेजेण्ड्समा छनोट भएका टिममा हमिङ बड्र्स, औरा छन् ।
इ फुटबलमा अन्तिम चरणमा छनोट भएका १६ खेलाडीमा राजेश बिसी, आशुतोष विक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धि बहादुर भट्टराई, सन्दिप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाजी, दावा नोर्बु शेर्पा, विशाल राई, दिपक भट्टराई छन् ।
दोस्रो इ–स्पोट्र्स नेसनल च्याम्पियनसीपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुनेछ । ई–फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका थिए भने पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका थिए ।
क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा भएको थियो भने च्याम्पियनसीपको अन्तिम चरणको खेल फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ । अन्तिम चरणमा पब्जीमा १६ टिमले प्रतिस्पर्धा गर्नेछ भने ई फुटबलमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ३–३ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्लेमा विधामा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।
च्याम्पियनसीपको कुल पुरस्कार राशी २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ ।
जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् ।
यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् । यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन् ।
भ्यालोरेन्टमा ३ लाख, इ फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इ फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने इ फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।