images
images

भन्सार घटेपछि नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो ?

भन्सार घटेपछि नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो ?

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    भन्सार घटेपछि नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / सुनको मूल्य भन्सार दर घटेपछि नयाँ उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार भन्सार घट्नुअघि बनाएको रेकर्डलाई भन्सार घटेपछिको मूल्यले भेटाएको हो । 

    बुधबारको तुलामा ५ सय रुपैयाँ बढेर आज छापावाल सुन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको हो । महासङ्घको मूल्यसूची अनुसार हिजो बुधबार सुन तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँ कायम गरिएको थियो । 

    गत कार्तिकमा नेपाली बजारमा सुनको मूल्य सबैभन्दा बढी १ लाख ७१ हजार रुपैयाँ तोला पुगेको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले सुन र चाँदीको भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । 

    सरकारको निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

    त्यसयता गत पुस ५ गते सुनको भाउ सबैभन्दा कम १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने उतारचढाव हुँदै सुनको भाउ आकाशिने क्रम जारी छ । 

    अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुन महँगिएको हो । सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । यसअघि तोलामा १ हजार ९८५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९९५ रुपैयाँ पर्नेछ ।

    भन्सार घटेपछि नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कति पुग्यो ? 

    काठमाडौँ सुनको मूल्य भन्सार दर घटेपछि नयाँ उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार भन्सार घट्नुअघि बनाएको रेकर्डलाई भन्सार घटेपछिको मूल्यले भेटाएको हो । 

    बुधबारको तुलामा ५ सय रुपैयाँ बढेर आज छापावाल सुन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको हो । महासङ्घको मूल्यसूची अनुसार हिजो बुधबार सुन तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँ कायम गरिएको थियो । 

    गत कार्तिकमा नेपाली बजारमा सुनको मूल्य सबैभन्दा बढी १ लाख ७१ हजार रुपैयाँ तोला पुगेको थियो । 

    मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले सुन र चाँदीको भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । 

    सरकारको निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

    त्यसयता गत पुस ५ गते सुनको भाउ सबैभन्दा कम १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने उतारचढाव हुँदै सुनको भाउ आकाशिने क्रम जारी छ । 

    अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुन महँगिएको हो । 
    सुुुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । यसअघि तोलामा १ हजार ९८५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९९५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार