images
images

एलजीको वासिङ मेसिन ब्राण्ड बन्यो नेपालकै नम्बर वान !

एलजीको वासिङ मेसिन ब्राण्ड बन्यो नेपालकै नम्बर वान !

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    एलजीको वासिङ मेसिन ब्राण्ड बन्यो नेपालकै नम्बर वान !
    images
    images

    काठमाडौँ / एलजीका ब्राण्डहरू नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरित हुन्छ। चौधरी ग्रुपले बिगत ४ दशकदेखि एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

    एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू को लागि एक लोकप्रिय ब्रान्ड हो ।

    नेपालमा नविनतम प्रविधि, उर्जा-दक्ष उपकरणहरू र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ। नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, एलजी वासिङ मेसिनले घरायसी लुगा धुने  प्रविधिमा नयाँ मानक स्थापित गरेको छ ।

    एलजी वाशिङ मेसिन नेपालकै सबैभन्दा विश्वासिलो तथा नम्बर १ ब्रान्ड हो, जसले आफ्नो विरासतलाई निरन्तर कायम राख्दै आएको छ।नवीनतम् एलजी वासिङ मेसिनमा समावेश एआई डाइरेक्ट ड्राइभ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ। 

    ६ मोशन डाइरेक्ट ड्राइभ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्छ।

    एलजी वाशिङ मेसिनका प्रमुख विशेषताहरू 

    स्टीम प्रविधि – एलर्जी हटाउन र कपडामा चिटिक्क राख्न सहयोगी ।

    टर्बोवाश ३६०  – केवल ३९ मिनेटमै छिटो र प्रभावकारी धुने प्रक्रिया

    नो बेल्ट, नो पुली डिजाइन – प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी ।

    थिनक्यू स्मार्ट कनेक्सन – मोबाइल एपमार्फत टाढाबाटै सञ्चालन गर्न सकिने ।

    पूर्ण स्टेनलेस स्टिल ड्रम – स्वच्छ, टिकाउ, र दीर्घकालीन प्रयोगका लागि उपयुक्त ।

     टेम्पर्ड ग्लास ढोका – आकर्षक डिजाइन, स्क्र्याच-प्रतिरोधी, र बलियो संरचना ।

    “एलजी सधैँ नवप्रवर्तनमा अगाडि छ, जसले उपभोक्ताहरूलाई नवीनतम प्रविधि र उच्च गुणस्तर प्रदान गर्छ। नेपालकै सबैभन्दा विश्वासिलो वासिङ मेसिन ब्रान्डको रूपमा चिनिनु हाम्रो लागि गर्वको विषय हो। यसले हाम्रा ग्राहकहरूको भरोसा र सन्तुष्टिलाई प्रमाणित गर्दछ ।

    चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गर्छ।

    नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ। एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो ।

    यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ। एलजी गुणस्तर, ऊर्जा दक्षता र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० देशमा उपलब्ध छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार