आज विक्रम संवत २०८१ साल फाल्गुन १६ गते, शुक्रबार । ईश्वी सन् २०२५ फेव्रुवरी २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । औशी तिथि, १ घडी १४ पला, बिहान ७ बजेर १ मिनेट उप्रान्त प्रतिपदा । शतभिषा नक्षत्र, २१ घडी ६ पला, दिउँसो २ बजेर ५८ मिनेट उप्रान्त पूर्वभाद्रपदा । योग–सिद्ध, ३८ घडी १४ पला, बेलुकी ९ बजेर ४९ मिनेट उप्रान्त साध्य । करण–नाग, बिहान ७ बजेर १ मिनेट उप्रान्त किंस्तुध्न, बेलुकी ६ बजेर ७ मिनेट उप्रान्त बव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रमको उचित मूल्याङ्कन हुनेछ। पहिला गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । आयस्रोत बढ्नेछ ।
व्यापार व्यवसाय फस्टाउने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो लाभ हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि र पशुपालनबाट मनग्य धन लाभ हुनेछ। सञ्चित धन उपयोग गरी नयाँ कामको सुरुवात गर्न सकिन्छ । आवश्यक परेको भौतिक सुख सुविधा जुटाउन सकिनेछ। नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिनेछ । रोकिएका कामहरू बन्नेछ भने नयाँ काममा लगानी गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले मानसम्मान दिलाउनेछ । दिगो कामको जग बसाउने समय रहेको छ। गोपनीयतामा ख्याल राख्नुहोस् । नयाँ योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । कडा मेहनत गरेको काबाट सोचेजस्तो आम्दानी नहुनसक्छ । अरुका लागि समय मेहनत खर्च गर्नुपर्ला । मिहिनेतले केही लाभांश दिलाउन सक्छ। काम रोकिए पनि दिगो योजना बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
युवाहरू करियरलाई लिएर चिन्तित रहनुहुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। मनोबल कमजोर हुनेछ । कार्यक्षेत्रमा काम बिग्रने भय रहनेछ । आलोचना गर्नेहरू बढ्नेछन् । यात्रा गर्दा ख्याल राख्नुहोस् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भएपनि तपाईँकै कारणले टरेर जानेछ । गोपनीयतामा ख्याल राख्नुहोस् । सम्भावना देखिए पनि सोचेजस्तो उपलब्धि नहुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारिक नयाँ अनुबन्ध मिल्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायको लागि रमाइलो यात्रा हुन सक्ला। सहयोग र उपहार पाइने समय छ । व्यापार व्यवसायबाट आयआर्जन राम्रै हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा रमाइलो यात्रा गर्ने अवसर छ। नयाँ अवसर प्राप्त हुने योग छैन । यद्यपि, सहयोग र उपहार भने प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा जित्न सकिनेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। मेहनतले सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। काममा प्रशस्त लाभ उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग छ । आम्दानीका स्रोतहरू साँघुरिनेछ । प्राप्त अवसर चुनौतिको बावजुद काम गर्न सकिनेछ । अरुका लागि समय र बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । सामूहिक कार्यको जिम्मेवारी एक्लै वहन गर्नुपर्ला। मेहनतले गर्दा गुमाएको अवसर पुनः प्राप्त होला। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। घरेलु काममा महत्त्वपूर्ण समय बित्न सक्छन् । आश्वासन दिनेहरूबाट धोका मिल्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साहसिक काम गर्ने समय छ । घरायसी काममा खर्च बढ्नेछ। सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । शुभचिन्तकको सहयोगले चिताएको काम बन्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। विशेष काम गरेर प्रसिद्धी कमाउने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। गोपनीयतामा ध्यान दिनुहोला । व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ । प्रयत्न गर्दा चुनौतिपूर्ण काम सम्पादन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक काम गर्ने समय छ । आँटेको काम समयमा सम्पादन गर्न सकिनेछ । सुन्दर र विलासिता सामानको प्रयोग गरी अरुलाई आकर्षित गर्न सकिनेछ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। मेहनत गर्दा दिगो फाइदा हुने काम बन्नेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। प्रतिष्ठित कार्य गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयातित सामानको व्यापार फस्टाउनेछ भने अन्य व्यवसायमा मन्दी आउनेछ । ।अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउनेछन्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अवसरको खौजीमा दौडधूप गर्नुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।