images
images

एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान

एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान
    images
    images

    काठमाडौँ / गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका  छन्  ।

    images
    images

    उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुअल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले  संघको इतिहासमा आगामी अधिवेशन एक कोशे ढुंगा हुने बताए  ।

    “यो एनआरएनएको जग हाल्ने अवसर हो ।  हाम्रो संस्थालाई रूपान्तरण गर्ने अवसर हो । हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौँ । यो कमिटिको एकदमै बलियो म्यान्डेट छ । कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रूपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर हो” उनले भने ।  

    “हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) टप डाउन रूपमा चलेको छ । समस्या सदस्यतामा छ । समस्या  प्रतिनिधि छनोटमा छ । सर्वोच्चले समस्या पहिल्यायो।  त्यसैले हामीले सबैलाई डेलिगेट्स बन्न खुला गर्यौँ । अब नयाँ  विधानमा यो कुरा राख्नु पर्यो । बढीभन्दाबढी साथीहरू काठमाडौँमा आउनु भयो भने ठूलो सफलता हुने छ । तपाईंहरूको सहभागिता विना यो सम्भव छैन ।” 

    अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म  १० ओटा बैठक गरिसकेको बताए । 

    “अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ ।  रात दिन काम गरौँ ।  हामीले  कति दुःख गर्यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ । त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन । हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा,  होटेलमा गएर पनि बैठक गर्यौँ । अब पछाडि सर्दैनौँ, अब कसैले पनि हामीलाई  रोक्न सक्दैन,” उनले भने ।    

    आफ्नो स्वागत मन्तव्यमा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरूले  हिजो पनि एकता गर्नु पर्छ भनेर प्रयास गरेको र तत्कालिन  प्रधानमन्त्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको बताए । 

    “हाम्रो एकता नहुँदा गैर आवासीय नेपाली नागरिकताको हालत कस्तो भएको छ ?  सामाजिक सुरक्षा कोषमा हामीले गरेको सहकार्यका कारण विदेशमा निधन भएका नेपालीहरूको शव स्वदेश ल्याउने व्यवस्था भै रहेको छ । अब सर्वोच्चको फैसला र परराष्ट्रको निर्देशन अनुसार  एकताको सूत्रमा जोडिन म आग्रह गर्छु,” उनले भने ।
      
    उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको  बताए ।  

    “तपाईंहरूको केही समस्या छ भने हामीलाई जानकारी दिनोस् । राम्रोसंग टीओआर हेर्नोस्  ।  हामीहरूसंग एमओयु गर्नोस्” कुँवरले भने ।  

    उनले परराष्ट्र मन्त्रालयले बनाएको क्राइटेरिया पुरा गर्ने जो कोही एनआरएनएको पंजीकृत सदस्य नेपाल आएर डेलिगेट्स बन्न सक्ने र मतदान गर्न सक्ने बताए । उनले एनसीसीको आफ्नो पोर्टलमा वा उच्चस्तरीय समितिको पोर्टल  (धधध।लचलबजअि।अयm) मा गएर  सदस्य बन्न पनि आग्रह गरे ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार