images
images

भूकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण

भूकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    भूकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण
    images
    images

    सिन्धुपाल्चोक केन्द्रविन्दु भई आज बिहान गएको भूकम्पबाट चार जिल्ला प्रभावित भएको छ । सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौँ, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    प्रहरी प्रधान कार्यलयले जारी गरेको बिवरणअनुसार एक पूर्ण रूपमा र तीन आंशिक रुप घरमा क्षति पुगेको हो ।

    एक आंशिक गोठ र प्रहरी कार्यलयमा क्षति पुगेको बिवरण उल्लेख छ । प्रहरीका अनुसार बिस्थापित परिवारको सङ्ख्या ३, सामान्य घाइते ६ र घटना सङ्ख्या १३ रहेको प्रहरी बिवरणमा छ । यो बिवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ ।

    सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २  भैरवकुण्ड केन्द्रविन्दु भएर बिहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो ।

    सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार