शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि 

अर्थ डबली
मंगलवार, मंसिर २७ २०७९
अर्थ डबली
मंगलवार, मंसिर २७ २०७९ (अर्काइभ बाट)
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि 

    काठमाडौँ / शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि आफ्नो पोल्टामा पारेको छ । न्यू बिजनेश एज प्रा.लि.ले सोमबार काठमाडौँमा आयोजना गरेको सातौँ न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेसुङ्गाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य सबै विकास बैङ्कलाई पछाडि पार्दै सो उपाधि जितेको हो ।

    images
    images

    सोही विधामा मुक्तिनाथ विकास बैङ्क दोस्रो हुँदा लुम्बिनी विकास बैङ्क र कामना सेवा विकास बैङ्क संयुक्त रूपमा तेस्रो भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैङ्क हो ।

    लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैङ्कका संघीय राजधानी राजधानी काठमाडौँसहित प्रदेश १ र २ वाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । 

    सबैभन्दा धेरै शाखा, कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् । बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि बैङ्कका तर्फबाट ब्राण्डिङ तथा मानव संशाधन प्रमुख प्रवास राईले ग्रहण गरेको बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिए ।

    उक्त उपाधि जित्नुमा बैङ्कका सञ्चालक समिति, शेयरधनी, कर्मचारी, बैङ्कका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । 

    ‘यो उपाधि जित्नुमा बैङ्कका सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैङ्ककलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’–पौडेलले भने ।

    बेस्ट म्यानेज्ड कमर्सियल बैङ्कको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले जितेको छ । सो विधामा सिद्धार्थ बैङ्क लिमिटेड दोस्रो भएको छ भने राष्ट्रिय वाणिज्य बैङ्क तेस्रो भएको छ । बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड भने शिवम् सिमेन्टले जितेको छ । बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ ।

    सो विधामा फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो स्थानमा रहँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो स्थान हासिल गरेको छ ।यस्तै, बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो र नेको इन्स्योरेन्स कम्पनी तेस्रो भएका छन् ।

    बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो हुँदा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो भएको छ ।

    बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यो विधामा गुहेश्वरी मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स दोस्रो र गुडविल फाइनान्स कम्पनी तेस्रो भएका छन् । यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा विमल वाग्ले, श्रीमान कार्की, शशी सत्याल र महेश कुमार थापा रहेका थिए ।

    कार्यक्रममा नेपालको पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड प्रदान गरिएको थियो ।

    साताको लोकप्रीय