सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै ‘ग्लोबल मनि विक’ मनाउने, यस्तो छ कार्यक्रमको तालिका 

सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै ‘ग्लोबल मनि विक’ मनाउने, यस्तो छ कार्यक्रमको तालिका 

अर्थ डबली
आइतवार, चैत ८ २०७७
अर्थ डबली
आइतवार, चैत ८ २०७७ (अर्काइभ बाट)
  • सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै ‘ग्लोबल मनि विक’ मनाउने, यस्तो छ कार्यक्रमको तालिका 

    काठमाडौँ / ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ । 

    images
    images

    बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ । 
    यस्तो छ कार्यक्रमको तालिका 
    चैत्र ९ गते : प्रदेश नं १मा  अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी 

    चैत्र १० गते : प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी 

    चैत्र ११ गते : बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी

    चैत्र १२ गते : गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम 

    चैत्र १३ गते : लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम 

    चैत्र १४ गते : कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम 

    चैत्र १५ गते : सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम  

    यी वित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ ।

    साथै  बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, इन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।

     

    साताको लोकप्रीय