images
images

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रतिलिटर कति पुग्यो ?

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रतिलिटर कति पुग्यो ?

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रतिलिटर कति पुग्यो ?

    काठमाडौँ / आज मङ्गलबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ ।  मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । 

    images
    images

    नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर २ रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेको हो । 

    नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर १ सय ७८, रुपैयाँ डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६१ रुपैयाँ पुगेको छ । 

    पहिलो वर्ग अन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङ्का लागि १ सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार