वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रेको क्युआर कोड सेवा, सिधै खातामा भुक्तानी गर्न मिल्ने 

वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रेको क्युआर कोड सेवा, सिधै खातामा भुक्तानी गर्न मिल्ने 

अर्थ डबली
बुधवार, चैत ११ २०७७
अर्थ डबली
बुधवार, चैत ११ २०७७ (अर्काइभ बाट)
  • वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रेको क्युआर कोड सेवा, सिधै खातामा भुक्तानी गर्न मिल्ने 

    काठमाडौं / डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले वीरगंज तरकारी तथा फलफुल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । 

    images
    images

    वीरगंज तरकारी तथा फलफुल बजारस्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर  विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका थिए । 

    उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । 

    आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाईसमेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु.आर.कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । 

    machhapuchhre.JPG

    यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।  

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।  

    डजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।  

     

    साताको लोकप्रीय