साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने

साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने

अर्थ डबली
आइतवार, जेठ २३ २०७८
अर्थ डबली
आइतवार, जेठ २३ २०७८ (अर्काइभ बाट)
  • साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने

    साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।  

    images
    images

    साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने  गरी  व्यवस्था  मिलाइएको  जानकारी गराएको छ ।

    दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल  जान उडान खोल्ने  सम्बन्धमा  अझै  कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।

    सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ ।  नेपाल सरकारले हाल नेपाल  एयरलाइन्स,  टर्किस  एयरलाइन्स  र  कतार एयरवेजलाई  साताको  एक/एक  उडान  सञ्चालन गर्न अनुमति दिएको छ

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    साताको लोकप्रीय