बुधबार थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु पुष्टि

बुधबार थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु पुष्टि

अर्थ डबली
बुधवार, असार २ २०७८
अर्थ डबली
बुधवार, असार २ २०७८ (अर्काइभ बाट)
  • बुधबार थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु पुष्टि

    काठमाडौँ / बुधबार थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घटामा ८ हजार ६८७ जनाको पिसिआर विधि ४ हजार ३३५ जनाको एन्टेजिन विधिबाट गरी कूल १३ हजार २२ जनाको परीक्षण गरिएको थियो । जसमा २०१४ जनाको पिसिआर र ८१४ जनाको एन्टेजिन विधिबाट गरिएको परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएके हो । 

    images
    images

    त्यस्तै यस अवधिमा ५२ जना संक्रमितको मृत्यु भएको छ भने ३ हजार ८२ जना निको भएका छन् । हाल  निको हुने दर ८८.५ प्रतिशत रहेको छ ।  

    नेपालमा पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ६ लाख १४ हजार २१४ जना र एन्टेजिन विधिबाट गरिएको परीक्षणमा २३ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कूल ६ लाख ३७ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । 

    कूल संक्रमितमध्ये ५ लाख ४३ हजार ५२१ जना निको भइसकेका छन् भने ८ हजार ५५८ जनाको मृत्यु भएको छ । ४३ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको मन्त्रालयको तथ्याङ्क छ । तुलनात्मक रुपमा देशभर संक्रमित घट्दै गएको मन्त्रालयले जनाएको छ । 

    साताको लोकप्रीय