images
images

देशभर मनसुनी वायुको प्रभाव कायमै : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव कायमै : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • देशभर मनसुनी वायुको प्रभाव कायमै : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । 

    images
    images

    हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ। 

    कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

    कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

    कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार