एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेसनल नेपालबीच लगानी योजनाका लागि सम्झौता

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेसनल नेपालबीच लगानी योजनाका लागि सम्झौता

अर्थ डबली
बिहिवार, असार १७ २०७८
अर्थ डबली
बिहिवार, असार १७ २०७८ (अर्काइभ बाट)
  • एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेसनल नेपालबीच  लगानी योजनाका  लागि सम्झौता

    काठमाडौँ / एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.बीच यही असार १५ गते मंगलबार व्यवस्थित  लगानी योजनाका लागि सम्झौता भएको छ । 

    images
    images

    एनआईबीएल म्युचुअल फण्ड अन्र्तग सञ्चालित एनआईबीएल सहभागीता फण्डको  'Corporate Payroll SIP' अन्तर्गत  व्यवस्थित लगानी योजनाका लािग एनआईबीएल र देवयानी इन्टरनेशनलबीच सो सम्झौता भएको हो । 

    एनआईबीएल एस क्यापिटल  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगका योजनाहरूको योजना  व्थवस्थापक तथा  डिपोजटरी रहेको छ । 

    यसैगरी देवयानी इन्टरनेशनलले नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्राण्डहरू सञ्चालन गरिरहेको छ र यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको अनर्तगत लगानी गर्ने छन् । 

    उक्त सम्झौतामा देवयानी इन्टरनेसनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । 

    साताको लोकप्रीय