काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेवन)ले सामलिङ पावर कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति दिएको छ । सेवनले गत असार ३१ गते नै सामलिङलाई आइपिओ निष्काशनका लागि अनुमति दिएको हो ।
अनमति पाएसँगै अब कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमार्फत १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न पाउनेछ ।
इलाममा ९.५१ मेगावट क्षमताको माइबेनी जलविद्युत आयोजना गरिरहेको कम्पनीले थप पूँजी जुटाउनका लागि आइपिओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।