एनसेलको आग्रह : चिठ्ठा परेको फोन वा सन्देश आएमा निजी विवरण नदिनुहोस् 

एनसेलको आग्रह : चिठ्ठा परेको फोन वा सन्देश आएमा निजी विवरण नदिनुहोस् 

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • एनसेलको आग्रह : चिठ्ठा परेको फोन वा सन्देश आएमा निजी विवरण नदिनुहोस् 

    काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूकालाई लट्री वा चिठ्ठा परेको फोन आएमा निजी विवरण नदिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आज एनसेल आजियाटा लिमिटेडको नाम लिँदै एनसेलका ग्राहकहरूलाई भाइबर, ह्वाट्सएप जस्ता एप्सबाट कल गरेमा निजी विवरण नदिन आग्रह गरेको हो । 

    images
    images

    चिठ्ठा/लट्रीमा २५ लाख जितेको भन्ने गलत सूचना पैदान गरी उक्त रकम लिन आफ्नो बैंक एकाउन्टको विवरण उपलब्ध गराउन भन्दै भ्रामक सन्देश आएको भन्ने गुनासोप्रति कम्पनीले आज ग्राहकहरूलाई ध्यानाकर्षण गराएको हो । 

    एनसेलले यस्ता कलमा दाबी गरिएको जस्तो कुनै पनि लट्री वा पुरस्कार योजना सञ्चालन नगरेको जानकारी दिएको छ । साथै कम्पनीले आफ्ना ग्राहकहरुलाई जानकारीहरु प्रदान गर्न सधैँ एनसेलको आधिकारिक नम्बरबाट कल गर्ने भएकोले अन्य नम्बरबाट एनसेलको नाम लिदै आउने कल वा सन्देशलाई विश्वास गर्न आग्रह गरेको छ । 

    आफ्नो कुनै पनि व्यक्तिगत विवरण जस्तै, बैंक खाता नम्बर, पासवर्ड वा अन्य निजी विवरणको जानकारी कसैलाई पनि प्रदान नगर्न कम्पनीले सचेत गराएको छ ।

    एनसेलका योजना वा अन्य अफरका लागि एनसेलको आधिकारिक वेभसाइट वा सामाजिक सञ्जालबाट सूचना लिन समेत कम्पनीले आग्रह गरेको छ । गलत तथा भ्रामक सन्देश वा कलको प्रभावमा परी उत्पन्न हुन सक्ने परिणाममा कम्पनी जिम्मेवार नहुनेतर्फ कम्पनीको भनाई छ । 

    साताको लोकप्रीय