images
images

राष्ट्रिय मह मेला बैशाख २६ गतेदेखि हुने, बजेट कटौति हुँदा समस्या

राष्ट्रिय मह मेला बैशाख २६ गतेदेखि हुने, बजेट कटौति हुँदा समस्या

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • राष्ट्रिय मह मेला बैशाख २६ गतेदेखि हुने, बजेट कटौति हुँदा समस्या

    काठमाडौँ / बैशाख २६ गतेदेखि ३० गतेसम्म राष्ट्रिय मह मेला २०८१ सञ्चालन हुने भएको छ । नेपाल मौरीपालक महासंघ भरतपुर, चितवन र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको आयोजनामा पाँच दिनसम्म मह मेला हुने भएको हो । स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उक्त मह मेलाको आयोजना गर्न लागिएको नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले जानकारी दिए । 

    images
    images

    उक्त मेलालाई व्यवसायिक कीट विकास केन्द्र हरिहर भवन, मौरी विकास कार्यालय गोदावरी र मौरी विकास कार्यालय भण्डाराले आर्थिक सहयोग गरेको छ । सबै जिल्ला र प्रदेशका मह उत्पादक किसानहरूलाई मेलामा समेट्न चाहेको भए पनि बजेट अभावका कारण सम्भावना कम देखिएको अध्यक्ष घिमिरे बताउँछन् । 

    उनले भने, “किसानहरू मह बिक्री नभएर समस्यामा छन् । यस्तो बेलामा किसानहरूले खर्च बेहोर्न सक्ने अवस्था पनि छैन । सरकारले मह मेलाका लागि दिने भनेको बजेट पनि कटौति भएको छ ।” बजेट अभावको बावजुद पनि मेलामा २५ देखि ३० ओटा स्टलसम्म रहने उनले जानकारी दिए । 

    यअसघ महासंघले चितवनमा दुई पटक मह मेलाको आयोजना गरेको थियो भने मह व्यवसायी संघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको आयोजनामा काठमाडौँमा एक पटक मह मेलाको आयोजना गरिएको थियो । 

    उनका अनुसार अहिले मेलिफेराको वार्षिक उत्पादन ३ हजार मेट्रिक टन र सेरानाको १ हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन भइरहेको छ । यद्यपि, नेपाली किसानले उत्पादन गरेको मह ३ बर्षदेखि घर घरमै मौज्दात अवस्थामा रहेको उनले बताए । महले बजार नपाउँदा किसानहरू पेसाबाटै विस्थापित हुन बाध्य भएको उनको भनाइ छ । 

    नेपाली किसानले उत्पादन गरेको मह किसानको घर घरमा रहनु बजारमा खपत हुने एक हजार मेट्रिक टन मह बाहिरबाट आपूर्ति हुँदा नेपाली अर्थतन्त्रमा समेत ह्रास आउने उत्पादकहरूले बताउँदै आएका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार