images
images

आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो, अब प्रतिलिटर कति ?

आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो, अब प्रतिलिटर कति ?

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो, अब प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
     
    निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५९ रुपैयाँ तोकेको छ ।
     
    इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मङ्गलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । 

    images
    images

    निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।
     
    मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १३७ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । 

    पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार