एन आई सी एशिया बैंकद्वारा बीमा सहितको रू. २० लाख बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंकद्वारा बीमा सहितको रू. २० लाख बीमा रकम भुक्तानी

अर्थ डबली
बुधवार, भदौ ९ २०७८
अर्थ डबली
बुधवार, भदौ ९ २०७८ (अर्काइभ बाट)
  • एन आई सी एशिया बैंकद्वारा बीमा सहितको रू. २० लाख बीमा रकम भुक्तानी

    काठमाडौँ / एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही रू. १०/१० लाख गरी कुल रू. २० लाख बीमा रकम भुक्तानी गरेको छ । 

    images
    images

    बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको हो । 

    एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सो रकम बराबरको चेक  निजकी पत्नी रुकमती श्रेष्ठलाई हस्तान्तरण गरे । 

    साथै बैंकले कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनको परिवारलाई समेत रु. १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  

    एक कार्यक्रमबीच बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उनकी पत्नी विनिता सुवेदीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने बताउँदै सुवेदीले बैंकलाई धन्यवाद समेत ज्ञापन गरिन् । 

    दुबै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । यस बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू. ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । 

    साताको लोकप्रीय