प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, वार्षिक १०.१५% ब्याज पाइने 

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, वार्षिक १०.१५% ब्याज पाइने 

अर्थ डबली
मंगलवार, असार १४ २०७९
अर्थ डबली
मंगलवार, असार १४ २०७९ (अर्काइभ बाट)
  • प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, वार्षिक १०.१५% ब्याज पाइने 

    काठमाडौँ  / प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

    images
    images

    बैंकले गत जेठ ३१ गतेबाट ऋणपत्रमा आवेदन खुला गरेको थियो । जसअनुसार उक्त बैँकको  रु. ५ अर्बको ऋणपत्रमा आवेदन दिन आज असार १४ गते अन्तिम दिन ओ । 

    यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्। 

    प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

    कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर्नेछ। 

    यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। 

    लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। 

    साताको लोकप्रीय