आईएमई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता 

आईएमई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता 

अर्थ डबली
मंगलवार, साउन ३१ २०७९
अर्थ डबली
मंगलवार, साउन ३१ २०७९ (अर्काइभ बाट)
  • आईएमई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता 

    काठमाडौं / बीमा क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथआई.एम.ई लाइफइन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरताजागरण अभियान सम्पन्न गरेको छ ।

    आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । 

    आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरीबीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए । 

    नेपालको बीमा क्षेत्रको नियमनकारी निकायबीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

    मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो । बीमाकम्पनीले एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतःयो पहिलो पटक हो ।

    कम्पनीका प्रमुख सञ्चालक अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो । 

    आई.एम.ई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकै दिनमा७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    साताको लोकप्रीय