शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको योजनाः यो दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको योजनाः यो दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार

अर्थ डबली
बुधवार, असोज १२ २०७९
अर्थ डबली
बुधवार, असोज १२ २०७९ (अर्काइभ बाट)
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको योजनाः यो दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वहरूलाई लक्षित गर्दै विभिन्न अफरहरू सार्वजनिक गरेको छ । 

    images
    images

    डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नगद छोडौँ डिजिटल रोजौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एटिसीबाट गरिने हरेक टपअफ कारोबारमा ५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

    त्यसैगरी बैङ्कले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको खाता लिंक गरि रकमान्तर गर्नुहुने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हवाई होनर प्याड एक्स८ प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ। 

    बैङ्कले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा.लिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्डमार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । 

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरूले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्नेछन् ।

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

    यस विकास बैङकले ग्रामिण बैङ्किङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

    नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने संस्कारलेनै यस विकास बैङ्कलाई नेपालको अग्रणी विकास बैङ्कको पमा स्थापित गरेको छ ।

    साताको लोकप्रीय