महिन्द्राको एक्सयूभी ७०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुममा सार्वजनिक, केके छन् विशेषता ? 

महिन्द्राको एक्सयूभी ७०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुममा सार्वजनिक, केके छन् विशेषता ? 

अर्थ डबली
सोमवार, माघ १६ २०७९
अर्थ डबली
सोमवार, माघ १६ २०७९ (अर्काइभ बाट)
  • महिन्द्राको एक्सयूभी ७०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुममा सार्वजनिक, केके छन् विशेषता ? 

    काठमाडौँ / लामो समयदेखि प्रतिक्षा गरिएका एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने) नेपालमा सार्वजनिक गरेको छ । 

    images
    images

    एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, यसभन्दा अघि कहिल्यै नभएको जस्तो सन्तुष्टि दिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

    एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ, जुन नयाँ पहिचान – ट्विन पिक्स लोगोको साथ आएको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो, जहाँ एक्सयूभी ७०० लन्च गरिएको छ । 

    नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । 

    एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि  समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक – उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको छ ।

    महिन्द्रा एक्सयूभी ७०० लाई परिचयात्मक मूल्य ७४ लाख रुपैयाँको आकर्षक मूल्यमा सार्वजनिक गरिएको छ । यो परिचयात्मक मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने छ ।  

    एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । 

    यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ । महिन्द्राले वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङको साथ एक प्रमुख कोसेढुङ्गा पनि हासिल गरेको छ र एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड भएको पनि बनेको छ । 

    यसको साइ–फाई टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ, एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाईन डायल गर्न ईन्जिनियर गरिएको छ ।

    महिन्द्राले ३० वर्ष भन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत एक्सयूभी ७०० लन्च गरेको छ । महिन्द्राका लागि नेपाल ठूलो बजार हो, जसकोे ठूलो ग्राहक आधार छ । 

    एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ । नयाँ शोरुम ग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको हो ।

    साताको लोकप्रीय