काठमाडौँ / लगातार तीन दिन घटेको सेयर बजार मङ्गलबार भने २४.५० अङ्कले बढेर २६५७.७७ बिन्दुमा पुगेको छ । नेप्सेसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ३.१९ अङ्कले बढेर ४४४.७२ बिन्दुमा उक्लिएको छ ।
१०.६१ अङ्कले घटेर २६३३.३२ विन्दुमा झरेको नेप्से परिसूचक आज भने बढेको हो । यो दिन १७७ ओटा कम्पनीको सेयर मूल्य बढ्दा ६० ओटाको मात्रै घटेको छ । त्यस्तै, ६ ओटाको मूल्य स्थिर रह्यो ।
त्यस्तै, ३२५ धितोपत्रको कारोबार हुँदा १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर खरिद बिक्री भयो । मङ्गलबार सबै सेक्टरमा हरियाली छाएको छ भने विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण बढेको छ ।
यो दिन विकास बैंक समूहको परिसूचक ४.०७ प्रतिशतले बढेको हो । त्यस्तै, वित्त समुह, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । अन्य समूहको परिसूचक पनि सामान्य बढेको छ ।
यसैगरी, पाँच ओटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेका हुन् ।
त्यस्तै, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बृद्धि भएका छन् ।
आज दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढी ८.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकममा सर्वाधिक बढी सप्तकोशी डेभलपमेन्ट बैंकको हिस्सा छ । यो कम्पनीको ३८ करोड २१ लाख बढीको सेयर कारोबार भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको २९ करोड ९ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।