बेलाइतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।
ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो ।
अर्थमन्त्री जेरेमी हन्टले बेलाइतले "मन्दीबाट जोगिन" गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि बढ्दो उच्च उपभोक्ता मूल्यहको बारेमा भने चेतावनी दिएका छन् ।
"हामी अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर छैनौं र मुद्रास्फीतिको समस्या जटिल नै छ ।