जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा–हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
२०७९ चैत ८ गते (बुधवार)
दिउँसोː देशभर आँशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत ९ गते (बिहीबार)
दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत १० गते (शुक्रबार)
दिउँसोː लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।