आगामी वर्ष राष्ट्रिय प्रणालीमा ९ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य

आगामी वर्ष राष्ट्रिय प्रणालीमा ९ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • आगामी वर्ष राष्ट्रिय प्रणालीमा ९ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य

    काठमाडौँ /सरकारले आगामी आर्थिक वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप गर्ने लक्ष्य तय गरेको छ । 

    images
    images

    आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संघीय संसदको संयुक्त बैठकमार्फत प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले यस्तो लक्ष्य तय गरेको हो ।

    सरकारले यसका आधारमा बिजुलीको निर्यातलाई नयाँ आर्थिक स्रोतको रुपमा विकास गर्ने घोषणा गरेको छ ।यससँगै, आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत् उत्पादन ३ हजार ६ सय मेगावाट पुग्ने भएको छ । 

    आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत् खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य समेत बजेटमा समेटिएको छ ।

    संसदमा अर्थमन्त्री डा। प्रकाशशरण महतले पशे गरेको आगामी आर्थिक वर्षको बजेटमा बूढीगण्डकी जलाशययुक्त आयोजनासहित दूधकोशी, माथिल्लो अरुण, चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौं, सिम्बुवा खोला, घुन्साखोला आयोजनाको निर्माण अघि बढाउने घोषणा पनि भएको छ। 

    साथै, २ वर्षभित्र सबै घरपरिवारमा बिजुलीको सेवा दिने घोषणा पनि बजेटले गरेको छ ।

    साताको लोकप्रीय