त्रिशुली बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो, घाइते १४ जनालाई काठमाडौँ ल्याइयो

त्रिशुली बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो, घाइते १४ जनालाई काठमाडौँ ल्याइयो

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • images
    images
    त्रिशुली बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो, घाइते १४ जनालाई काठमाडौँ ल्याइयो

    काठमाडौँ / धादिङको गजुरी गाउँपालिका वडा नं.२ चालिसे स्थित पृथ्वी लोकमार्गमा भएको बस दुर्घटना जीप दुर्घटनामा मृत्यु भएको चार जनाको पहिचान खुलेको छ । 

    उक्त बस दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्ये चार जनाको पहिचान खुलेको छ भने चार जनाको भने हालसम्म पहिचान नखुलेको बताइएको छ । 

    नेपाल प्रहरीका अनुसार पहिचान भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका(८ का अन्दाजी २४–२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४–२५ वर्षका सुमन थापा छन् । ‍

    उक्त बसमा २५ जना सवार थिए । उक्त दुर्घटनाबाट १७ जनालाई जीवित उद्धार गरिएको छ । जसमध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको, १ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको नेपाल प्रहरीले जानकारी गराएको छ ।

    बुधबार काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी (म्याग्दी कोरला यातायात प्रा.ली) तर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस अनियन्त्रित भई बिहान ११ बजेतिर त्रिशुली नदिमा खसेको थियो । उक्त बस सडकबाट ३०–४० मिटर तल खस्न जाँदा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार