काठमाडौँ / सुनचाँदीको मूल्य आज चौथो दिन पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । यसअघि छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेकोमा आज भने बढेर १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, १ लाख १० हजार ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १० हजार ५ सय ५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।