images
images

‘उपभोक्ताले प्याज तथा गोलभेडाको खपत कम गर्नुपर्छ’

‘उपभोक्ताले प्याज तथा गोलभेडाको खपत कम गर्नुपर्छ’

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • ‘उपभोक्ताले प्याज तथा गोलभेडाको खपत कम गर्नुपर्छ’

    काठमाडौँ / नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन्।

    images
    images
    images
    images

    महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन्।

    उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत कटौति गर्नुपर्ने बेला आएको बताए। उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताए।

    विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको उनको भनाइ छ। उनले सरकारले पनि प्याज तथा गोलभेडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरु आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए। उनले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताए।  

    उनले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरुको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गरे।

    विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको उनको जिकिर छ। प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रुपमा भएको हो। कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताएको उनको दाबी छ।

    उनले भने,‘ विश्व वजारमा नै प्याजको मूल्य बढेको छ । यसको खपतलाई अलिकति न्युन गरेर खपत घटाउने विषयमा छलफल गर्नुपर्छ । भारतको उत्पादन क्षेत्रबाटै बढेकोले अरु घटाउने उपाय त छैन । प्याजको मूल्य अस्वभाविक रुपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रुपमा निर्यात गथ्र्यो । एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटि चार्ज लगाएको छ । त्यसले गर्दाखेरी सहज रुपमा आउन सकेको अवस्था छैन ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार