images
images

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा व्यापार घाटा साढे ३ खर्ब बढी

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा व्यापार घाटा साढे ३ खर्ब बढी

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार गत आर्थिक बर्षको सोही अवधीको तुलनामा नेपालबाट हुने निर्यात ६.११ प्रतिशत र आयात ४.१७ प्रतिशतले घटेको हो ।

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • आयात–निर्यात दुवै घट्यो, ३ महिनामा व्यापार घाटा साढे ३ खर्ब बढी

    काठमाडौँ / चालु आर्थिक बर्षको तीन महिनामा नेपालबाट हुने आयात–निर्यात दुवै घटेको छ । 

    images
    images
    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८१/८२ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार गत आर्थिक बर्षको सोही अवधीको तुलनामा नेपालबाट हुने निर्यात ६.११ प्रतिशत र नेपालमा हुने आयात ४.१७ प्रतिशतले घटेको हो । 

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधीमा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक बर्षको सोही अवधीमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । 

    यस्तै, तीन महिनाको अवधीमा नेपालले ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा नेपालबाट ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात गरेको थियो ।

    यस अवधीमा नेपालले ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा ले ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेका थियो । आयात निर्यात दुवै घटेको कारण यस बर्षको कुल वैदेशिक व्यापार गत बर्षको सोही अवधीको तुलनामा ४.३५ प्रतिशतले कम हो । 

    तीन महिनाको अवधीमा नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ व्यापार घाटा व्याहोरेको छ । गत आवको सोही अवधीमा नेपालको यस्तो घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ रहेको थियो । 

    SN Trade Indicators FY 2080/81 (First 3 Months) 2081/82 (First 3 Months) Change (%)
    1. Imports(Rs.in `000) 4 07, 75 8,9 75   390,752,321  -4.17
    2. Exports(Rs.in `000) 40, 87 4,8 91    38,378,717   -6.11
    3. Trade Deficit (Rs.in `000) 366,884,084 352,373,604   -3.96
    4. Total  Foreign Trade (Rs.in `000) 448,633,866    429,131,038   -4.35
    5. Imports/Exports Ratio 9.98  10.18 2.06 
    6. Exports Share to Total Trade (%) 9.11 8.94  -1.84
    7. Imports Share to Total Trade (%) 90.89 91.06  0.18

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार