images
images

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर फेरि पुग्यो नयाँ उचाईमा, तोलामा कति पुग्यो ?

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर फेरि पुग्यो नयाँ उचाईमा, तोलामा कति पुग्यो ?

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर फेरि पुग्यो नयाँ उचाईमा, तोलामा कति पुग्यो ?

    काठमाडौँ / आज (बुधबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । 

    images
    images
    images
    images

    मंगलबार प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । 

    त्यस्तै, १० ग्राम सुनलाई आज १ लाख ४२ हजार ९ सय २० रुपैयाँ पर्ने महासंघले जनाएको छ । पछिल्लो साता यता, नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि सुन आकाशिएको हो । 

    यता, चाँदीको भाउसमेत बढेको महासंघको मूल्यसूचीमा उल्लेख छ । बुधबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार भने चाँदी तोलामा २ हजार १ सय रुपैयाँ कायम भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार