images
images

नेप्सेमा लक्ष्मी सनराइज बैंकको शेयर सूचिकृत, कहिलेबाट सुरु हुन्छ कारोबार ?

नेप्सेमा लक्ष्मी सनराइज बैंकको शेयर सूचिकृत, कहिलेबाट सुरु हुन्छ कारोबार ?

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    नेप्सेमा लक्ष्मी सनराइज बैंकको शेयर सूचिकृत, कहिलेबाट सुरु हुन्छ कारोबार ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंकको शेयर सूचिकृत भएको छ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएपछि कायम हुने आएको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर लक्ष्मी सनराइज बैंकको नामबाट सूचिकृत भएको हो । 

    images
    images

    अब कम्पनीको शेयर भोलि अर्थात सोमवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एलएसएल रहेको छ ।

    यी दुई बैंक १ः१ को अनुपातमा मर्जरमा गएका हुन । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ । दुबै बैंक एक आपसमा मर्ज भएपछि असार २९ गते लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।

    साविकको सनराइज बैंकको सूचीकरण खारेज गरी त्यस कम्पनीको १० करोड ११ लाख ८८ हजार ९२९ कित्ता शेयर लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट कायम गरी कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर अभिलेख भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार