images
images

मुक्तिनाथ विकास बैंकका ग्राहकले  ‘एभरेष्ट ओल्ड होटेल’ र ‘छाँया अस्पताल’ मा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले  ‘एभरेष्ट ओल्ड होटेल’ र ‘छाँया अस्पताल’ मा विशेष छुट पाउने

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • मुक्तिनाथ विकास बैंकका ग्राहकले  ‘एभरेष्ट ओल्ड होटेल’ र ‘छाँया अस्पताल’ मा विशेष छुट पाउने

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले अर्घाखाँचीको दई प्रइभेट कम्पनीहरूसंग सम्झोता गरेको छ । 

    images
    images

    बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको  “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्राइभेट लिमिटेड र “छाँया अस्पताल प्राइभेट लिमिटेड” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । 

    यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीको Accommodation & Food मा विशेष १० प्रतिशतसम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

    त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार