images
images

अमेरिकी डलर, रियाल, दिराम, दिनारसम्मको भाउ बढ्यो, कुन विदेशी मुद्रा कसको मूल्य कति ?

अमेरिकी डलर, रियाल, दिराम, दिनारसम्मको भाउ बढ्यो, कुन विदेशी मुद्रा कसको मूल्य कति ?

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • अमेरिकी डलर, रियाल, दिराम, दिनारसम्मको भाउ बढ्यो, कुन विदेशी मुद्रा कसको मूल्य कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ १५ पैसा र बिक्रीदर १७० रुपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९६  रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४ रुपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६० रुपैयाँ १९ पैसा तोकिएको छ । 

    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार