काठमाडौँ / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँबाट बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ रहेको तेजावी सुनको भाउ १ लाख ११ हजार ९ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ बढेर १ हजार ४ सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।