काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदी घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ रहेको थियो ।