images
images

एसियन फेडेरेसनको कार्यकारी समितिमा पहिलो पटक कार्यकारी उपाध्यक्ष श्रेष्ठसहित चार नेपाली निर्वाचित

एसियन फेडेरेसनको कार्यकारी समितिमा पहिलो पटक कार्यकारी उपाध्यक्ष श्रेष्ठसहित चार नेपाली निर्वाचित

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • एसियन फेडेरेसनको कार्यकारी समितिमा पहिलो पटक कार्यकारी उपाध्यक्ष श्रेष्ठसहित चार नेपाली निर्वाचित

    काठमाडौँ / एसियन फेडेरेसनको कार्यकारी समितिमा पहिलो पटक चार जना नेपाली निर्वाचित भएका छन् । आइबार सम्पन्न एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कँग्रेसको बैठकले चार जना नेपालीलाई कार्यकारी समितिमा निर्वाचित गरेको हो । 

    images
    images
    images
    images

    समितिमा निर्वाचित हुनेमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका कार्यकारी उपाध्यक्ष राजेश बाबु श्रेष्ठ, उपाध्यक्ष विजयलाल कायस्थ, प्राविधिक समितिका अध्यक्ष दिेश राजभण्डारी र कार्यकारी सदस्य राजेश उपाध्याय रहेका छन् । 

    महासङ्घको आयोजनामा भदौ १५ गतेदेखि २० गतेसम्म काठमाडौँमा ५५औँ एसियन एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको आयोजना भइरहेको छ । प्रतियोगितामा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्सतर्फ एक गरी ४५ विधा समावेश गरिएको छ ।

    घरेलु टिमका ४२ खेलाडी सहभागी हुने प्रतियोगितामा २५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका खेलाडीले भने २६ विधामा मात्र सहभागिता जनाउनेछन् । 

    विजेताहरुको प्रतिस्पर्धामा च्याम्पियन हुने खेलाडीलाई मिस्टर एसियाको उपाधिले सम्मानित गरिनेछ । यो प्रतियोगितामा धेरै अंक ल्याउने देश समग्रमा च्याम्पियन बन्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार