images
images

मुक्तिनाथ कृषि कम्पनीको ‘५ ओटा कृषि संरचनाहरू’को उद्घाटन, केके हुन् पाँच संरचनाहरू ?

मुक्तिनाथ कृषि कम्पनीको ‘५ ओटा कृषि संरचनाहरू’को उद्घाटन, केके हुन् पाँच संरचनाहरू ?

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • मुक्तिनाथ कृषि कम्पनीको ‘५ ओटा कृषि संरचनाहरू’को उद्घाटन, केके हुन् पाँच संरचनाहरू ?

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ‘५ ओटा कृषि संरचनाहरू’को उद्घाटन गरेको छ । आइतबार एक विशेष समारोहकाबीच कम्पनीले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालगायतको उपस्थितिमा उक्त कृषि संरचनाहरूको उद्घाटन गरेको हो । 

    images
    images
    images
    images

    मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरूलाई देशव्यापी रूपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने बताइएको छ । सो अवसरमा निम्नानुसारका ५ वटा कृषि संरचनाहरूको डिजिटल रूपमा उद्घाटन गरिएको छ :

    १. इटहरी, बर्दिवास, काठमाडौँ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित ‘प्रादेशिक कार्यालयहरू’ 

    २. स्याङजा र चितवनमा अवस्थित ‘फार्म उत्कृष्टता केन्द्र’

    ३. कृषिमा लगानी प्रवद्र्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’

    ४. कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’

    ५. आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’

    उक्त कार्यक्रममा अध्यक्ष ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरूको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए । 

    सयुंक्त राष्ट्र संघ, विश्व खाद्य सङ्गठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य ‘बालि वर्ष २०२३’लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    त्यस्तै, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिवले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृङ्खला व्यवस्थापनमा गरिरहेका कार्यहरू र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए । 
    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सोह्रौ पञ्चवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए । 

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित कृषि तथा पशुपन्छि विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्त्वपूर्ण रहने बताउँदै कृषकहरूको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाई लगायत कृषि संरचनाहरूको विकासमा जोड दिने र खरिद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए । 

    news.JPG

    कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरू, कम्पनीको गतिविधिहरू, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि सम्भावनाहरूको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गरेका थिए ।

    मुक्तिनाथ कृषि कम्पनी ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासंग मुक्तिनाथ’ अभियानद्वारा ‘संस्थागत मूल्य श्रृङ्खला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण’ गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं. २०७५ साल भदौ १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । 

    यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैङ्क रहेको छ भने साथमा विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार