images
images

भेस्पा/अप्रिलाको नयाँ सोरुम टेकुमा, ‘नाडा अटो सो’मा अप्रिलिया एस आर १६० बि एस ६ स्कुटर सार्वजनिक गर्ने

भेस्पा/अप्रिलाको नयाँ सोरुम टेकुमा, ‘नाडा अटो सो’मा अप्रिलिया एस आर १६० बि एस ६ स्कुटर सार्वजनिक गर्ने

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • भेस्पा/अप्रिलाको नयाँ सोरुम टेकुमा, ‘नाडा अटो सो’मा अप्रिलिया एस आर १६० बि एस ६ स्कुटर सार्वजनिक गर्ने
    images
    images

    काठमाडौँ / भेस्पा/अप्रिलाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लि.ले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । भदौ १८ गते सोमबार आफ्नो नयाँ भेस्पा/अप्रिलाको सोरुम डेल्टा अटोक्रप प्रा.लि.का अध्यक्ष पुल्कित भिमसरियाका साथै निर्देशक विवेक सिकारीया र निर्देशक केतन भिमसरिया र कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले एक विशेष समारोहकाबीच उक्त सोरुम उद्घाटन गरेका हुन् । 

    सो अवसरमा डेल्टा अटोक्रपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महतोले आफ्नो ग्राहकहरूलाई सरल गराउन विभिन्न ठाउँहरूमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी दिए । 

    कम्पनीले नयाँ मोडल पनि बजारमा सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । भदौ २६ बाट हुने ‘नाडा अटो सो’मा अप्रिलिया एस आर १६० बि एस ६ स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको महतोले जानकारी दिए । 

    डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै व्यवस्थापन समूह तयार गरेको कम्पनीको भनाइ छ। उनले भने, “‘योड, इनर्जेटिक र टु ह्विलर्समा काम गरेको अनुभवी टिम हामीसँग छ ।” उनले भने । डेल्टा अटोक्रपले आफ्नो सेवाहरू नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महतोले बताए ।

    डेल्टा अटोक्रपको मार्केटिङका अनिष खड्काले अप्रिला राइड भदौ १६ गते शनिबारको दिन सम्पन्न भएको जानकारी दिए । साथै उनले दिनहरूमा विभिन्न राइडहरूका साथै सर्भिस क्याम्पहरू गराउने बताए । 

    यसका साथै, डेल्टा अटोक्रपले आफ्नो नयाँ शोरुमहरू काठमाडौँ उपत्यकाको विभिन्न ठाउँहरूमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढी विभिन्न ठाउँहरूमा आफ्नो सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार