images
images

हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक : भाग्यमानी एकजना ग्राहकले हुन्डाई एसयुभी प्राप्त गर्ने

हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक : भाग्यमानी एकजना ग्राहकले हुन्डाई एसयुभी प्राप्त गर्ने

बिहिवार, भदौ २१ २०८०
बिहिवार, भदौ २१ २०८०
  • हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक : भाग्यमानी एकजना ग्राहकले हुन्डाई एसयुभी प्राप्त गर्ने
    images
    images

    काठमाडौँ / हुन्डाई गाडीको लागि नेपालका आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैँ तिहारलक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ ।

    यस वर्ष पनि यही परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयुभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्वलक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।  

    हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।  

    भदौ २१ गतेदेखि भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकहरूले पनि यो योजनामा सहभागिता जनाउनयोग्य हुनेछन् । नाडा अटो सो २०२३ मा हुन्डाईको बि फाइभ स्टल भ्रमण गरेर सम्पूर्ण ग्राहकहरूको हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुनेछ । 

    लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ सोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले  विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार