images
images

डेल्टा अटोकर्पले नेपालमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०, यस्ता छन् विशेषताहरु

डेल्टा अटोकर्पले नेपालमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०, यस्ता छन् विशेषताहरु

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • डेल्टा अटोकर्पले नेपालमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०, यस्ता छन् विशेषताहरु

    काठमाडौँ / नेपाल  डेल्टा अटोकर्प प्रा.लिले इटालियन पियाजियो गु्रपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्माताले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ । 

    images
    images

    नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक  i –nvt इन्जिनले सुसज्जित छ, जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ ।

    आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६०, यसको उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूको रोजाइमा पर्ने स्कुटर हो ।

    अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० xx इन्जिन छ र यो मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रतिघण्टा सहजै जाने कम्पनीको दाबी छ । 

    यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ । 

    यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा यो शहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने दाबी कम्पनीको छ । 

    sctoor aprila.jpg


    श्री डिएगो ग्राफ्फी, अध्यक्ष र प्रबन्ध निर्देशक, पियाजियो भेहिकल प्रा.लि.ले नेपालको दुई पाङ्ग्रे सवारीको क्षेत्रमा थपिएको यो महत्वपूर्ण सवारीको बारेमा भने, “अप्रिलिया पियाजियो ग्रुपको प्रमुख ब्रान्ड हो र अप्रिलिया एसआरको रोमाञ्चक गति र उच्च गतिशिलताका कारण यो सडकमा रहेका अन्य सबै स्कुटरहरू भन्दा एक स्थान माथि छ ।

    पियाजियोमा, हामी विश्वभरका ग्राहकहरूलाई नवीनतम र उच्च गुणस्तरको गतिशीलता समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौं र हामी विश्वस्त छौं कि अप्रिलिया एसआर १६० ले आफ्नो प्रदर्शन, शैली र आधुनिक सुविधाहरूको मिश्रणले नेपाली राइडरहरूको मन जित्न सफल हुनेछ ।”

    पियाजियो भेहिकल प्रा.लि.एक्स्पोर्ट्सका उपाध्यक्ष धिरज त्रिपाठीले भने, “हामी अप्रिलिया एसआर १६० लाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा ज्यादै उत्साहित छौं । यस स्कुटरले आफ्नो अद्भूत प्रदर्शन र पृथक डिजाइनको कारणले विश्वव्यापीरूपमा प्रशांसा कमाउन सफल भएको छ । 


    नेपालको विविध भूभागले गर्दा, नेपाल हाम्रो उत्पादनको लागि रोमाञ्चक बजार होर हामी विश्वास गर्छौं कि अप्रिलिया एसआर १६० लाई नेपाली राइडरहरूले आफ्नो आकांक्षा अनुरुप नै पाउनु हुनेछ ।

    श्री पुलकित भिमसरिया ,अध्यक्ष, डेल्टा अटोकर्प प्रा.लि ले यो नया प्रोडक्ट लन्चिङ्गका बारेमा भने,  आफ्नो उत्साह ब्यत्त गर्दै भने “ हामी नेपालका उत्साहि  राइडरहरुका लागि अप्रिलिया एसआर १६० ल्याउन पाउँदा  खुशी छौं ।

     यो स्कुटरले ईटालियन फ्लेयर र उत्कृष्ट इन्जिनियरिङको उदाहरण दिन्छ । हामी बिश्व्स्त छौं कि नयाँं अप्रिलिया एसआर १६० नेपालको स्कुटर बजारमा स्टाइल,पर्फरमेन्स र एडभान्स सुबिधाहरुको प्रतिक बन्नेछ । 

    श्री बिजय कुमार महतो ,निर्देशक र सिइओ,डेल्टा अटोकर्प प्रा.लि “हामी नेपाली बजारमा रोमांचिक अप्रिलिया एसआर १६० प्रस्तुत गर्न पांउदा खुशि छौं ।

    यस स्कुटरले अरुभन्दा भिन्देै प्रदर्शन र प्रतिष्ठत डिजाइनका लागि बिश्वब्यापि रुपमा प्रशंसकहरुको संख्या कमाएको  छ । 

    यस उत्पादनले नेपालका बिबिध भुभागहरुलाई समेट्ने छ र हामी बिश्वास गर्छौ कि अप्रिलिया एसआर १६० ले नेपाली राइडरहरुका आकांक्षालाई राम्रो संग प्रतिनिधित्व गर्नेछ । 

    पियाजियो भेहिकल प्रा.लि.ले नेपाली ग्राहकहरू समक्ष स्कुटरलाई सहजै पु¥याउन र बिक्रीपछिको बृहत्सेवा सञ्जाल प्रदान गर्न नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक र आयातकर्ता डेल्टा अटोकर्प प्रा.लि मार्फत अप्रिलिया एसआर १६० को बिक्री गर्नेछ । 

    अप्रिलिया एसआर १६० भारतबाट सीधैआयात गरिनेछ र यो कालो, रातो, सेतो, निलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ । २०८० भाद्र २६ मा NADA अटो शोमा यसको अनावरण गरिएको छ र सोही मितिदेखि सर्वसाधारणका निमित्त बिक्रीको लागि उपलब्ध हुनेछ । यसको मूल्य रु ३,९५,९००.०० बाट सुरु हुनेछ ।


    अप्रिलियाको बारेमा अप्रिलिया एक मोटरसाइकल ब्रान्ड हो, जुन उत्कृष्ट मोटरसाइकल बनाउनका लागि परिचित छ । ईन्जिनियरिङ उत्कृष्टताको खोजमा कम्पनीले आफ्ना प्रशंसकहरूलाई उत्कृष्ट परिणामहरू प्रदान गरेको छ ।

    हालैका वर्षहरूमा अप्रिलियाले स्कूटर र मोटरसाइकल वर्गमा पियाग्जियो समूहको प्राविधिक साइनपोष्ट बन्ने गरी आफ्नो उत्पादन दायरालाई पूर्ण रूपमा परिमार्जन गरेको छ ।  

    रोड रेसिङ विश्व च्याम्पियनसिपमा २९४ ग्राण्ड प्रिक्स दौड जितेर  अप्रिलियाले मोटरसाइकल प्रतियोगिताको इतिहासमा कुनै पनि युरोपेली निर्माताको अत्यधिक जितको कीर्तिमान राख्न सफल भयो । जसमा ५५ प्रभावशाली विश्व उपाधिहरू समावेश छन्, जुन यस प्रकार छन्– रोड रेसिङ विश्व च्याम्पियनसिपमा ३९ वटा, सुपरबाइकमा ७ वटा र अफ–रोड डिसिप्लीन्स ९ वटा!

    एख्एी को बारेमाः 


    सन् १८८४ मा स्थापित, पियाजियोसमूह युरोपको सबैभन्दा ठूलो स्कूटर र मोटरसाइकल निर्माता हो । 

    उद्योगमै विश्वका अग्रणीहरू मध्ये एक मानिन्छ । पियाजियो भेहिकल प्रा.लि (एख्एी) ले आफ्नो कमर्सियल गाडी र २ पाङ्ग्रे सवारी साधनको वर्गमा लिगको नेतृत्व गरिरहेको छ । देशमा थ्री–व्हीलर कार्गो क्षेत्रमा क्रान्ति गर्दै, पियाजियोले आज सेवाको धेरै क्षेत्रमा विश्वव्यापी मापदण्ड स्थापित गर्दैछ ।

    यो सँग भेस्पा र अप्रिलिया जस्ता प्रमुख २ पाङ्ग्रे ब्रान्डहरू पनि छन्, जुन २ पाङ्ग्रे सवारी उद्योगमा प्रीमियम स्कुटर हो । एख्एी को वृहत् उत्पादन इकाई बारामती महाराष्ट्रमा अव्यस्थित छ । 
    भारतको लागि व्यावसायिक सवारी साधन उत्पादन, २–पाङ्ग्रे सवारी साधन उत्पादन र अन्तर्राष्ट्रिय बजार चयन गर्न काम गरिरहेको छ ।


    PVPL इटालीको व्यावसायिक सवारी साधन र २ पाङ्ग्रे सवारी साधनका आविष्कारक हो । यसको उत्कृष्ट र प्रिमियम उत्पादनहरूले उपभोक्ताहरू र बढ्दो ग्राहक आधारलाई फाइदा पु¥याउँछ ।

    PVPL को भावी लक्ष्य र उद्देश्य एक अद्वितीय, उच्च–प्रभाव, द्रुत–प्रतिक्रिया, नवीन र विकास–उन्मुख कम्पनीको रूपमा आफूलाई चिनाउनु हो, जुन यसको उत्कृष्टताको अतुलनीय स्तरको लागि जानिन्छ । 

    यसका साथै, PVPL घरेलु र विदेशी बजारहरूमा ग्राहकहरूको कुल सन्तुष्टिको लागि उच्च– गुणस्तरका उत्पादनहरूको वृहत उत्पादन र बजार गर्ने विश्व–स्तरीय कम्पनीकोरुपमा स्थापित हुन चाहन्छ । 

    बेजोड ग्राहक सेवा, अत्याधुनिक उत्पादनहरू र सम्मानित हुने बहुविधा पुरस्कारहरूका साथ pVPL ले प्रेरणादायी साबित हुँदैर भारतभरि लाखौंलाई जीवनको गुणस्तर सुधार गर्दै आफ्नो यात्रा जारी राखेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार