images
images

एनपीएल २०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा प्रशारण हुने

एनपीएल २०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा प्रशारण हुने

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • एनपीएल २०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा प्रशारण हुने
    images
    images

    काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ ।

    कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपाल भित्र जुनसुकै स्थान वाट सहज रुपमा हेर्न सकिनेछ ।  

    डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधँै तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तारा मानन्धरले बताए । 

    एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पु¥याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरको भनाई छ । 

    एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

    डिशहोम सँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको सुरुआत हो र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि हो । साथै, यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ । 
    एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म (३० नवम्बर देखि २१ डिसेम्बर २०२४) हुँदैछ ।

    डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार