चर्चित समाचार
  • चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियरः ‘राजनीति बिग्रिएपछि सबै बिग्रिन्छ’

    चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियरः ‘राजनीति बिग्रिएपछि सबै बिग्रिन्छ’

    बिहिवार, भदौ २८ २०८०
    बिहिवार, भदौ २८ २०८०
  • चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियरः ‘राजनीति बिग्रिएपछि सबै बिग्रिन्छ’

    काठमाडौँ / चलचित्र नाङ्गो गाउँको प्रिमियर शो भएको छ। बुधवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो भएको हो। चलचित्रको प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य चाप थियो।

    दीपेन्द्र लामा निर्देशित फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ। चलचित्रमा वर्तमान राजनीतिक परिवेशलाई उठान गरिएको छ।

    प्रिमियर शो हरेपछि रंगपत्रकारसँग कुरा गर्दै गायक राजेशपायल राईले चलचित्र सोचे भन्दा पनि राम्रो रहेको बताए। उनले चलचित्रमा समसामयिक र राजनीतिक कथावस्तु समेटिएको बताए।

    उनले हाम्रो परिवेश र समाज नै नाङ्गिएको यथार्थतालाई फिल्ममा देखाइएको बताए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायतका देशका लागि लडिरहेको व्यक्तित्वहरुको लडाईंलाई पनि चलचित्रमा देखाइएको बताए।

    त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले राजनीति नबुझेको मानिसलाई पनि नाङ्गो गाउँले बुझाउने र जनताका समस्या पनि उठाइएको बताइन्। उनले राजनीति देशको मेरुदण्ड भएकाले राजनीति बिग्रिनु नहुने बताइन्।

    त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हरेपछि राम्रो प्रतिक्रिया पाइरहेको बताइन्। अभिनेता दयाहाङ राईले व्यवसायिक सफलता दर्शकको रुचाइमा भर पर्ने बताए। उनले आफूहरुले गरेको प्रयासलाई दर्शकले रुचाए आफू सफल बन्ने बताए।

    त्यस्तै अभिनेत्री मिरुना मगरले चलचित्र हेरेकाहरुले राम्रो रेस्पोन्स दिएको बताइन्।चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय फिल्ममा छ।

    जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन्। रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार