आज विक्रम संवत २०८१ साल चैत्र १० गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ मार्च २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । नवमी तिथि ४७, रातको १ बजेर ६ मिनेट उप्रान्त दशमी । पूर्वाषाढा नक्षत्र, रातको १२ बजेर १७ मिनेट उप्रान्त उत्तराषाढा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । राम्रोसँग सोचविचार गरेर मात्रै नयाँ काम सुरु गर्नुहोला । अवसर मिल्ने भए पनि समय चुनौतिपूर्ण छ । विश्वास गरेको मान्छेले धोका दिन सक्छन् । विशेष योजना गोप्य राख्नुहोला । यद्यपि, सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। पुरानो बिग्रिएको काम बन्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्य क्षेत्रमा गोपनीयतमा ख्याल राख्नुहोस् । काम बिग्रने भय रहनेछ । श्रमको उचित मूल्याङ्कन नहुन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ । सञ्चित रकम खर्च हुनसक्छ । सवारी साधनका खर्च बढ्न सक्छ । जसले गर्दा आर्थिक सङ्कट झेल्नुपर्ला । यद्यपि, शुभचिन्तकहरूको साथ मिल्ने समय छ । मनोबल कमजोर हुने हुनाले जोश जागर हराएर जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यापार व्यवसायबाट मनग्य फाइदा हुने योग छ । अवसर प्राप्त हुने समय छ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हात पर्नेछ । चुनौतिपूर्ण समयका बावजुद महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । व्यापार,उद्योग तथा सेयरमा लगानी गरी मनग्य सम्पत्ति आर्जन गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगानीका लागि केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । नोकरी वा पेशामा रुचिको कार्य गर्ने अवसर प्राप्त हुनेछ। महत्त्वपूर्ण काम रोकिन सक्छ । दोहोर्याएर गरेको काममा सफलता मिल्नेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा समय बित्न सक्छ । सानातिना काममा अल्झेर महत्त्वपूर्ण समय बित्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, उद्योग तथा शेयरको लगानीबाट आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । नयाँ योजना कार्यान्वयन गर्ने समय छ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। कार्यक्षेत्रमा लक्ष्यको प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। आँटेको कार्यसम्पादन हुनेछ। राजकीय मामलाहरू सुल्झिनाले राम्रो लाभ प्राप्त हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक लाभका अवसरहरू मिल्नेछन्। नोकरी वा पेशामा जोखिम हुने कार्यमा छिटै हात नहाल्नुहोस्। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरुले उठाउन सक्छन्। कामतर्फ श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। प्रतिस्पर्धामा विजयी भइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। विभिन्न अवसरले सफलता दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको काम अघि बढ्नेछ । धैर्य र पराक्रममा बृद्धि हुनेछ । व्यापार व्यवसायमा लाभका नयाँ स्रोतहरू बन्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा इष्टमित्रहरूको पूरा सहयोग मिल्नेछ। सञ्चित धन वृद्धि हुनेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा अवसर गुम्न सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बोली–व्यवहारमा सचेत हुनुहोला । सञ्चित धन बाहिरिन सक्छ । कर्जा तथा उधारो व्यापारमा सचेत हुनुहोला । नियमित कामबाट सामान्य फाइदा हुने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तारिफ योग्य कामले लोकप्रियता दिलाउनेछ। कार्यक्षेत्रमा सानो प्रयासले राम्रो सफलता मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। पुराना बिग्रिएको काम बनाउन सकिनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अड्किएको धन हात पार्न सकिनेछ आर्थिक पक्ष सामान्य रहनेछ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। वैदेशिक यात्रा सफल हुनेछ भने विदेशी सामानको व्यापारबाट समेत मनग्य आम्दानी हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। चुनौतिपूर्ण काम सम्पन्न गर्न सकिनेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम सम्पादन हुनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्यक्षेत्रमा हजुरको प्रसिद्धि बढने छ। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ। कर्म प्राप्तिको योग छ। अवसर प्राप्त भए पनि समय चुनौतिपूर्ण भएकोले सचेत हुनुहोला । लगनशीलताले समाधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापार व्यवासायबाट फाइदा लिन सकिनेछ समय छ । आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ ।