images
images

एनआईसीसीआईको बैठकले नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो : अध्यक्ष अग्रवाल

एनआईसीसीआईको बैठकले नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो : अध्यक्ष अग्रवाल

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • एनआईसीसीआईको बैठकले नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो : अध्यक्ष अग्रवाल

    काठमाडौँ / नेपाल इटाली चेम्बर अफ कमर्श एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले एनआईसीसीआईको बैठकले नेपाल–इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनाएको बताएका छन् । अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले इटालियन चेम्बरहरू रोम र मिलानको यही भदौ १७–२३ सम्म ऐतिहासिक भ्रमणसँग भएको बैठकले व्यापार सम्बन्ध बलियो बनाएको बताइएको हो ।

    images
    images
    images
    images

    उक्त भ्रमण एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न  र व्यापारका अवसरहरूको सम्भाव्यता अध्ययन गर्र्न साथै नेपाल र इटालीबिच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको थियो ।

    नेपालले रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीसँग गरेको भेट पहिलो पटक हो, दुबै इटालीयन संस्था व्यवसायिक सहयोगका लागि प्रख्यात छन् । 

    बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोकामेरेस्टेरोको सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको स्थापना, मान्यता, भविष्य र युरोपेली संघको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठूलो महत्त्व राखेको एनआईसीसीआईको जनाएको छ ।

    अध्यक्ष अग्रवालका अनुसार यी भेटहरूमा रोमस्थित नेपालका लागि महावाणिज्य दूत पाओलो नुगारीसँग छलफल भएको थियो । सन् १९७० देखि नेपालको व्यापक अनुभवसँगै, नुगारीले नेपालको भविष्यको लागि आफु आशावादी रहेको बताए । साथै उनले इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गरेको उनले जानकारी दिए । 

    “नेपालको एक निजी संस्थाद्वारा मिलान चेम्बर अफ कमर्स (प्रोमोस इटालिया)सँगको पहिलो बैठकबाट उल्लेखनीय सफलता प्राप्त भएको छ, मिलानले विभिन्न रूपमा एनआईसीसीलाई सहयोग गर्न आफ्नो प्रयास रहने बताएको छ,”उनले भने । 

    उनका अनुसार यी ऐतिहासिक भेटवार्तासँगै, नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक सुरूवातको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ । एनआईसीसीआई दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार छ ।

    नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । 
    एनआईसीसीआई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार