काठमाडौँ / भारतीय ब्राण्ड एम्पीयरका उत्पादन नेपाल आएको छ । केडिया इन्टरनेशनले जारी नाडा अटो शो २०२३ मा एम्पीयरका उत्पादन भित्र्याएको हो ।
कम्पनीले एम्पीयर मेग्नस र प्राइमस स्कुटर भित्र्याएको हो । कम्पनीले प्राइमस नाडा अटो शोको तेश्रो दिन सार्वजनिक गरेको हो भने मेग्नस चौथो दिन सार्वजनिक गरेको हो ।
ग्रेभ्सले उत्पादन गरेको एम्पीयर इलेक्ट्रीक स्कुटर भारतमा जनवरीमा आयोजना भएको ‘अटो एक्स्पो २०२३’मा प्रर्दशन गरेको थियो । अटो शोदेखि नै उक्त ब्राण्ड नेपाल ल्याउन विभिन्न व्यवसायीक समूहले लविङ गरेका थिए ।
यसअघि वृद्धिले ल्याउने तयारी गरेको यो ब्रान्ड अन्तत् केडिया इन्टरनेशनले नाडा अटो शोमार्फत सार्वजनिक गरेको हो ।
भारतमा २००८ देखि उत्पादन सुरु भएको एम्पीयरसँग हाल तीन मोडलका स्कुटरहरु उपलब्ध छन् । कम्पनीले ‘जिल ईएक्स, मेग्नस र प्राइमस’ स्कुटर उत्पादन र विक्री वितरण गर्दै आएको छ । नेपालमा भने मेग्नस र प्राइमस स्कुटरको बिक्री सुर भएको छ ।
प्राइमसः
कम्पनीले नाडा अटो शो अफर अन्तर्गत प्राइमसको ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।प्राइमसमा ३.३ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यस स्कुटमा ३ किलोवाट आवरको लिफेपो ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
मेग्नसः
कम्पनीले नाडा अटो शो अफर अन्तर्गत मेग्नसको २ लाख ७५ हजार रुपैयाँनिर्धारण गरेर बिक्री सुरु गरेको हो । एम्पीयर मेग्नसमा १८ वाटको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
2.3 kW CAN-सक्षम लिथियम-आयन ब्याट्री मात्र पाँच घण्टामा पूर्ण रूपमा चार्ज हुन्छ र 55* km/h को उच्च गतिको साथ100* km को ARAI-प्रमाणित दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।