images
images

नाडा अटो शोमार्फत बजारमा भित्रिएका नयाँ मोटरसाइकल र इलेक्ट्रिक स्कुटरहरू कुन कुन हुन् ?

नाडा अटो शोमार्फत बजारमा भित्रिएका नयाँ मोटरसाइकल र इलेक्ट्रिक स्कुटरहरू कुन कुन हुन् ?

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • नाडा अटो शोमार्फत बजारमा भित्रिएका नयाँ मोटरसाइकल र इलेक्ट्रिक स्कुटरहरू कुन कुन हुन् ?
    images
    images

    काठमाडौँ / चाडपर्व नजिकिएसँगै बजारमा किनमेलसँगै आर्थिक गतिविधि सक्रिय हुन्छ । चाडपर्व नआउँदै के किन्ने, कतिमा किन्ने, कहाँ किन्नेलगायत का योजनाहरू बन्ने गर्दछ । नेपालीहरूको मुख्य चाडपर्वहरू नजिकिदैछ । अहिले राजधानीलगायतका प्रमुख सहरहरूमा किनमेल बढ्ने क्रममा छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न उद्योग, व्यवसायी, व्यापारी तथा कर्पोरेट हाउसहरूले विभिन्न उपहार योजनाहरू ल्याइरहेका छन् । 

    भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा अटो शो आयोजित ‘नाडा अटो शो २०२३’मा २२ वटा दुई पाङ्ग्रे सवारीसाधन ब्राण्डहरू सहभागिता जनाएका थिए । 
    यस पटक भने मेलामा अधिकांश विद्युतीय सवारी साधन रहेको थियो भने अवलोकनकर्ता र खरिदकर्ताहरू पनि इभि सवारी साधनमा झुम्मिएका थिए । 

    अटो शो मा ९ ओटा पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनको ब्राण्ड रहेको थियो भने १२ ओटा इभि ब्राण्ड रहेका थिए । तीन बर्षपछि भएको मेलामा यामाहा र हिरो ब्राण्डको सहभागिता भने रहेको थिएन । यी बाहेक नेपालमा लोकप्रिय रहेका अधिकांश ब्राण्डको सहभागिता भने मेलामा रहेको थियो । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम जस्ता धेरै मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनी तथा जोन्टेस, भेष्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेलीलगायका ब्राण्डले नाडा अटो शोमा भाग लिएका थिए । 

    विद्युतीय दुई पाङ्ग्रे सवारी साधनतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर इभी, कोमाकी, इलेक्ट्रीक वान, सेगवे, एनआईयू, याडिया र लेभ्निङ तथा इलेक्ट्रिक साइकल बिक्री गर्ने लेक्ट्रो ब्राण्डसमेत मेलामा सहभागी भएको थियो । 

    नाडा अटो शोमार्फत रोयल इन्फिल्ड मोटरसाइकल नयाँ मोडलमा बजारमा भित्रिएको छ । पहिलोको मोडलको लुक्सलाई परिवर्तन गर्दै नेपालमै एसेम्बल भएको नयाँ लुक्सको मोटरसाइकल बजारमा आएको हो । नेपाली बजारमा लोकिप्रय ब्राण्ड टिभिएसले भने रोनिन सार्वजनिक गरेको छ । यसपालिको अटो मेलामा इभितर्फ विभिन्न नयाँ नयाँ ब्राण्डहरू बजारमा आएका छन् । 

    नाडा शोमा अधिकांश नयाँ मोडल राखिएको रोयल इनफिल्डको हन्टर ३५० ल्याएको छ । यसको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले यसको सुरुवाती मूल्य ४ लाख ५९ हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । हन्टर रेट्रो,हन्टर मेट्रो दुइ भेरियन्टमा उपलब्ध छ । 

    होन्डा डिओ १२५ सीसी इन्जिन भएको स्कुटर सार्वजनिक भएको छ । यामाहा रेजेड-आर १२५ र एनटर्क १२५ सँग प्रतिस्पर्धा गर्ने बताइएको यसको मूल्य मूल्य ३ लाख १० हजार रुपैयाँ तोकिएको छ । 

    नेपालका लागि टीभीएस आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले नाडा अटो शोमार्फत रोनीन बजारमा सार्वजनिक गरेको छ । टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ भने मूल्य सार्वजनिक गरिएको छैन । कम्पनीले टीभीएस आइक्यूब इलेक्ट्रीक स्कुटर मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरकेो छ । 

    प्रिमियम इलेक्ट्रिक मोटरसाइकल इभोक पनि नाडा अटो शोमार्फत बजारमा भित्रिएको छ । इन्ड्युरो मोटर्सले भित्रिएको यसको सुरुवाती मूल्य १३ लाख रुपैयाँ तोकिएको छ । 
    एनआइयू इलेक्ट्रिकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी इको इन्फिनिटीले एनआइयूको नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीको यसको सुरुवाती मूल्य ३ लाख ६ हजार मूल्य तोकेर एफ ६०० सार्वजनिक गरेको हो ।

    त्यस्तै, लिक्वीड कुल्ड एफआई इन्जिन रहेको जोन्टेसको मोटरसाइकलको १२५ मोडल पनि नाडा अटो सोमार्फत बजारमा देखिएको छ । नेपालका लागि जोन्टेस मोटरसाइकलको आधिकारिक वितरक विक्रेता कम्पनी आइरन मंकले १२५ सीसी एड्भेन्चर मोटार्ड मोटरसाइकल ल्याएको हो । यसको मूल्य ४ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । 

    10.jpg

    3.jpg

    1.jpg

    6.jpg

    5.jpg

    7.jpg

    8.jpg

    9.jpg

    3.jpg

    11.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार