Comming Soon

साउनमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

साउनमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

images
अर्थ डबली
आइतवार, भाद्र ३१ २०८०
अर्थ डबली
आइतवार, भाद्र ३१ २०८०
  • साउनमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेप्से सूचकाङ्क २०३३.१ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको वित्तीय तथ्याङ्क अनुसार साउनमा नेप्से सूचकाङ्क २०८० साउन मसान्तमा २०३३.१ कायम भएको जनाएको हो । 

    images
    images
    images

    गत आर्थिक बर्षको सोहि अवधीमा यस्तो सूचकाङ्क २०४१.१ रहेको थियो । यस्तै, साउन मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधीसम्ममा बजार पुँजीकरण २९ खर्ब १४ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

    यस्तै, साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८१ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । गत बर्षको साउनमा सूचीकृत कम्पनीहरूको संख्या २३५ रहेको थियो । 

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १२.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ । 

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० साउन मसान्तमा सूचीकृत ७ अर्ब ५९ करोड शेयर संख्याको चुक्ता मूल्य
    ७ खर्ब ४९ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को एक महिनामा १० अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण शेयर र ८० करोड ३२ लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कुल ११ अर्ब २१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्काशनका
    लागि अनुमति दिएको छ । 

    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    images
    थप समाचार